जबरजस्ती करणीका फरार कसुरदार पक्राउ
मङ्गलबार, साउन ३१, २०७९ मा प्रकाशित

बर्दिया, साउन ३१ (फरकसमाचार) / जबरजस्ती करणी कसुरमा फरार रहेका चमारलाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१० कधही चमारलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । चमारलाई प्रहरीले एक वर्षपछि पक्राउ गरेको छ ।

०७८ साल असार २९ गते अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा अदालतले चमारलाई ८ वर्ष कैद सजाय तोकेको थियो । अदालतले कैद सजाय तोके देखि चमार फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले चमारलाई नियन्त्रणमा लिई सजाय भुक्तान गराउन अदालतमा बुझाएको प्रहरी निरीक्षक हृदेश कुमार सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय