बढैयाताल गाउँपालिकाको बजेट तथा योजना पास
मङ्गलबार, साउन ३१, २०७९ मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया, साउन ३१ / बढैयाताल गाउँ कार्यपालिकाको ११आंै गाउँ सभाले आर्थिक बर्ष ०७९/०८० को बजेट तथा योजना पास गरेको छ । पालिकाका अध्यक्ष हिमालय त्रिपाठीको अध्यक्षतामा बसेको गाउँ सभाले ८७ करोड ३७ लाख २८ हजारको बजेट तथा योजना पास गरेको हो ।

प्रस्तुत बजेट बकतब्यमा आ.ब. ०७९/०८० मा चालु तर्फ ४७ करोड ६ लाख ८७ हजार र पुजिगत तर्फ ४० करोड ३० लाख ४१ हजार बजेट बिनियोजन गरिएको छ । प्रस्तुत गरिएको बजेट किताब अनुसार कृषिमा ३ करोड ३६ लमख ५५ हजार बिनियोजन भएको छ भने शिक्षामा आन्तरिक तर्फ रु २ करोड ६४ लाख २० हजार र शर्सत तर्फ रु २२ करोड २९ लाख गरि जम्मा २४ करोड ९३ लाख २० हजार छुट्याईएको छ । त्यस्तै प्राथमिताको अर्को क्षेत्र स्वास्थ्यमा आन्तरिक र शर्सत गरि ४ करोड २७ लाख ६९ हजार, महिला बालबालिका तथा समाज कल्याण तर्फ १ करोड २४ लाख ८६ हजार आन्तरिक तर्फबाट विनियोजन गरेको जनाईएको छ ।

बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले प्रस्तुत गरेकी बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार लगाएतका क्षेत्र प्राथमिकतामा परेको छ । आधारभुत आवश्यक्ताको रुपमा रहेको गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा प्रवाह गर्दै सम्पूर्ण पालिकालाई स्वस्थ जीवनयापनको वाताबरण सिर्जना गर्ने, आधुनिक तथा बैज्ञानिक कृषि प्रणालीको विकासको माध्यमबाट स्थानिय कच्चा पदार्थमा आधारित उद्यमशिलता विकास गर्दे उत्पादन तथा उत्पादकत्व बृद्धि गर्ने, प्रविधिको एकिकृत परिचालनबाट रोजगारी सिर्जना गरी गरिबी निवारण गर्ने, बिभेदमुक्त पालिकाको विकास गर्दै समाबेशी समानुपातिक प्रतिनिधित्वमा उदाहरण्ीय गाउँ पालिकाको रुपमा विकास गर्ने जस्ता महत्वकांक्षी उद्देश्य राखी बजटे निमार्ण गरिएको उपाध्यक्ष अधिकारीले सुनाईन् ।

१९ पेजमा उल्लेख गरिएको बजेट तथा कार्यक्रममा पोषण, भौतिक पुर्वाधार विकास क्षेत्र, विपद् वातावरण, खानेपानी तथा फोहोर मैला ब्यबस्थापन क्षेत्र, लघुउद्यम तथा कृषि सहकारी क्षेत्र, पर्यटन तथा साँस्कृति, सुशासन प्रवर्धन, न्यायिक ब्यबस्थापन तथा मेलमिलाप मानबिय संबेदनशिलता लगाएतका क्षेत्रलाई समेटीएको छ । त्यसै गरी ८० बर्ष भन्दा माथीका जेष्ठ नागरिक र अशक्त अपांगता भएका ब्यक्तिहरुको सामाजीक सुरक्षा भत्ताको सुबिधा घरदैलोमा पुर्याउने ब्यबस्था गरिने जनाईएको छ ।

बढैयाताल गाउँ कार्यपालिकाको सभाले सोमबार बजेट तथा कार्यक्रम पास गरेपछि पालिकाका नागरिक उत्साहित भएका छन् । बिनियोजित बजेट तथा कार्यक्रम समयमा कार्यान्वयन हुनु पर्ने स्थानियको माग रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर