वन्यजन्तुको मासु र हातहतियारसहित शिकारी पक्राउ
मङ्गलबार, साउन ३१, २०७९ मा प्रकाशित

बर्दिया, साउन ३१ (फरकसमाचार) / वन्यजन्तुको चोरी शिकारी गर्न बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गरेका एक जनालाई निकुञ्जका सुरक्षाकर्मीले पक्राउ गरेका छन् । निकुञ्ज भित्रको गतिविधि निगरानीको लागि राखिएको स्वचालित क्यामेराको सहयोगमा निकुञ्जका सुरक्षाकर्मीले हातहतियारसहित शिकारीलाई आइतबार पक्राउ गरेको हो । वन्यजन्तुको चोरी शिकारी गर्ने उदेश्यले हातहतियारसहित पक्राउ परेका शिकारी निकुञ्ज प्रवेश गरेका थिए ।

वन्यजन्तुको मासु हातहतियारसहित एक शिकारीलाई नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताए । ‘प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका शिकारीको पहिचान गोप्य राखिएको छ’ प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने,‘पक्राउ परेका शिकारीसंग बरामद भएको हतियारको अन्य नेटवर्क पत्ता लगाउने उदेश्यले थप अनुसन्धान भईरहेको छ ।’ विस्तृत अनुसन्धानपछि अन्य कुरा खुल्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले विश्वास व्यक्त गरे ।

बारबर्दिया नगरपालिका–६ जयनगर स्थित बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ तैनाथ देबिदत्त गणका नेपाली सेनाको संयुक्त टोलीले हातहतियारसहित उनलाई नियन्त्रणमा लिएको छ ।

निकुञ्जका सुरक्षाकर्मीले हातहतियारसहित शिकारीलाई पक्राउ गरेका छन् । दुई नाले १२बोर बन्दुक १ थान, बन्दुक साफा गर्ने ब्रुस १ थान, थ्री नट थ्री ४ थान, ८ एमएमकेएफ राउण्ड १६ थान, ओएफभि ए७ ६० राउण्ड १२ थान, ओएफभि ५.५६ राउण्ड २ थान, एफकेथ्री १ थान, पिईके १ सय ग्राम, १२ बोर कार्तुस ८ थान भरेको र ५ थान खाली गरी जम्मा १३ थान बरामद भएको छ । त्यसैगरी पटाका २१ रोल, मोबाईल ३ थान, वन्यजन्तुको सुकुटी मासु ४ सय ग्राम, छर्रा २१ थान, सुकुटी सुकाउने जाली २ थान, छाला सहितको मासु ७ सय ग्राम र भे ४प ६५२९ नम्बरको मोटरसाईकल बरामद भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर