कानमा लगाएको सुनको बाली थुतेर भाग्ने भारतीय पक्राउ
मङ्गलबार, साउन ३१, २०७९ मा प्रकाशित

बर्दिया, साउन ३१ (फरकसमाचार) / महिलाले कानमा लगाएको सुनको बाली थुतेर भाग्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारत जिल्ला बहराइच तहसिल नानपारा थाना मोतिपुर ग्राम चौधरी गाउँका रज्जन दर्जीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

बढैयाताल गाउँपालिका–८ कण्ठपुर स्थित आइतबार दिउँसो २ बजेको समयमा ८३ वर्षिय बृद्ध महिलाले कानमा लगाएको सुनको बाली थुतेर दर्जी फरार भएका थिए । बृद्ध महिलाले लगाएको पौने एक तोला बराबरको २ थान सुनको बाली दर्जीले कानबाटै थुतेका थिए ।

दिन दहाडै दर्जीले बृद्ध महिलाले लगाएको कानको बाली थुतेर भागेको जानकारी पाउनसाथ प्रहरी फिल्डमा परिचालन भएको थियो । ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिकाबाट परिचालित भएको प्रहरी टोलीले स्थानीयको सहयोगमा दर्जीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले दर्जीलाई नियन्त्रणमा लिई अदालतबाट चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक जीवराज थापा क्षेत्रीले जानकारी दिए ।

केही दिन अघि गुलरियाबाट पेस्तोलसहित दुई भारतीय पक्राउ परेका थिए । यसरी दिन दहाडै भारतीय नागरिक पेस्तोलसहित प्रवेश गर्ने र कानमा लगाएको सुनको बाली थुतेर भाग्ने गतिविधि भएपछि स्थानीय असुरक्षित महसुस गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर