बच्चा बाँचे पछि फेरी खुसी फर्कियो
बिहिबार, भदौ ०२, २०७९ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, भदौ २ / गुलरिया नगरपालिका–५ बालापुरकी कैलासपति थारुले गत असार २० गते नेपालगंजमा बच्चा जन्माईन् । परिवारमा नयाँ सदस्यको आगमनको खबरले परिवारमा खुसी छायो । तर, २९ हप्तामा समय नपुग्दै जन्मिएको बच्चामा धेरै समस्या देखिदाँ परिवारमा निराशा छायो । नेपालगंज नर्सिङ होमको एनआईसियुमा एक हप्ता राखी उपचार गर्दा बच्चाको स्थितीमा सुधार भएन । एक लाखको हाराहरीमा खर्च गरे पनि बच्चाको स्थितीमा सुधार नआएपछि परिवारमा झ्न निराशा थपियो ।

परिवारको आर्थिक स्थितीलाई मध्यनजर गरी थारु दम्पत्तिले बच्चाको उपचार गराउन नसकि फर्किए । घर फर्किएका थारु दम्पत्तिले स्थानीयको सुझावमा बच्चाको उपचार गर्न बर्दिया अस्पताललाई विश्वास गरे । बर्दिया अस्पतालले ३८औं दिनको उपचारपछि बच्चालाई निको बनाउन सफल भएको छ । बच्चाको अभिभावकले अस्पताल प्रति गरेको विश्वास अब कहिल्य टुट्ने छैन ।

बच्चाको उपचारमा खटिएर बच्चालाई निको पार्ने अस्पतालका टिमलाई थारु दम्पत्तिले भगवान्को संज्ञा दिएका छन् । नेपालगंजमा उपचार सम्भव नभएपछि आश मारेर फर्काईएको बच्चालाई बर्दिया अस्पतालले पुनःजन्म दिएपछि परिवारमा खुसी फर्किएको छ । बच्चा उपचारपछि पुर्ण निको भएपछि बुधबार अस्पतालबाट डिस्चार्ज भई घर जाँदै गरेका बच्चाका बुवा प्रभाकर थारु र बच्चाकी आमा कैलासपति थारुको अनुहारमा चमक देखियो ।

बच्चा जन्मिदा १ हजार ५० ग्राम तौल थियो । एक हप्ता नेपालगंजको उपचारपछि बच्चाको तौल घटेर ९ सय ग्राम पुग्यो । बच्चाको स्थितीमा सुधारको सट्टा नाकबाट रगत बग्न सुरु भएपछि समस्या झन् जटिल भयो झ्न निराश भएको बच्चाको बुवा प्रभाकर थारुले बताए । बच्चाको आश मारेर नेपालगंजबाट फर्किएको थारुले सुनाए । स्थानीयको सुझावपछि बर्दिया अस्पतालमा बच्चा उपचार गर्न ल्याए । ‘नाजुक स्थितीको बच्चालाई बर्दिया अस्पतालले डेढ महिनाको उपचारपछि पुर्ण निको बनाएको छ’ थारुले भने,‘बच्चाको लागि डेढ महिना देखि अस्पतालमा भगवान्को नाम जप्दै बसे, अस्पतालको बसाई उपलब्धीमुलक रह्यो ।’ पहिलो सन्तानको रुपमा जन्मिएको बच्चालाई बर्दिया अस्पतालको सम्पुर्ण टिम र अस्पतालका बाल रोग विशेषज्ञ डा.विश्वनाथ शाहले पुनःजन्म दिएका छन्’ थारुले भने । बाल विशेषज्ञ डा. शाहको निगरानीको चिकित्सकीय सेवामा खटिएका सम्पुर्ण स्वास्थयकर्मीलाई हृदय देखि नै थारु दम्पत्तिले धन्यवाद ट्क्रयाएँ ।

असार २७ गते बर्दिया अस्पतालमा बच्चा भर्ना हुँदा जम्मा ९ सय ग्राम तौल रहेको बाल विशेषज्ञ डाक्टर विश्वनाथ शाहले बताए । समय नपुग्दै जन्मिएको बच्चाको स्थिती आश लाग्दो नभएपनि हामी हरेस खाएनौ । बच्चाको उपचार गर्न अस्पताललाई चुनौती सरह सावित भयो । निरन्तर बच्चाको उपचारमा लग्यौं । अस्पतालको मेसु लगायत एसएनसियुको सिङ्गै टिमको सहयोगमा ३८औं दिनको उपचारपछि बच्चा पुर्ण निको भएको छ । अहिले बच्चाको तौल बढेर १ हजार ५ सय ग्राम पुगेको बाल रोग बिशेषज्ञ डा. शाले जानकारी दिए । अहिले बच्चाले दुध खान सक्छ । ‘लामो समयको उपचार, अभिभावकको धैर्यता र विश्वासले बच्चा निको भएको छ’ बाल रोग बिशेषज्ञ डा. शाहले भने,‘विषेश गरी बच्चाको अभिभावक धन्यवादको पात्र हुनुहुन्छ ।’ हामी माथि विश्वास गर्नु भयो । उहाँहरुको विश्वासले बर्दिया अस्पतालले बच्चाको सेवा गर्ने मौका पायो । बच्चाको उपचार हाम्रो लागि उपलब्धीमुलक रह्यो । आगामी दिनमा बर्दिया अस्पतालले यस्ता जटिल केसलाई सजिलै समाधान गर्ने आत्मविश्वास बढेको बाल रोग विशेषज्ञ डा.शाहले सुनाए ।

अस्पतालले सिमित स्रोत साधन र जनशक्तिको उपस्थितीमा विभिन्न किसिमका चिकित्सकीय सेवा प्रवाह गरिरहेको बर्दिया अस्पतालका मेसु डा.सुभाष पाण्डेले बताए । बिरामीको प्रत्येक सेवालाई सुदृढ गर्दै अस्पताल अघि बढेको छ । त्यसै क्रममा नेपालगंजको उपचार सम्भव नभएपछि क्रिटिकल अवस्थाको बच्चा अस्पतालमा भर्ना भएको मेसु डा.पाण्डेले जानकारी दिए ।

अस्पतालका बाल रोग विशेषज्ञ डा. विश्वनाथ शाहको निगरानीमा भएको उपचारपछि बच्चा निको भएको छ । ढेड महिनाको उपचारपछि बच्चा पुर्ण रुपमा निको भयो । यो अस्पतालको लागि ठुलो सफलता हो । यति बेला बच्चालाई सकुशल अभिभावकको जिम्मा लगाउँदा बर्दिया अस्पतालको चिकित्सकिय टिममा उत्साह बढेको छ । बच्चाको उपचारमा खटिएका बाल रोग विशेषज्ञ डा.शाह र सम्पुर्ण टिमलाई मेसु पाण्डेले धन्यवादसमेत व्यक्त गरे । आगामी दिनमा बर्दिया अस्पतालले प्रभावकारी चिकित्सकीय सेवा दिने मेसु पाण्डेले प्रतिबद्धतासमेत जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर