दलबहादुर सुनार
बर्दिया, भदौ २ / मानब बेचबिखन तथा ओसार पसार नियन्त्रण गर्न वडा स्तरीय समिति गठन कार्यलाई तिब्र पारिएको छ ।
भारतिय सिमासंग जोडिएका मधुवन, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाका सबै वडाहरुमा मानब बेचबिखन तथा ओसार पसारमा नियन्त्रण गर्न वडा स्तरीय समिति गठन कार्यलाई तिब्र पारिएको हो ।
माईती नेपालको हाम्रो सम्मान परियोजना मार्फत सबै वडाहरुमा समन्वयमा सबै क्षेत्र र भुगोल समेट्ने गरी नियन्त्रण समिति गठन गरिएको संस्थाले जनाएको छ ।
वडा स्तरीय समिति गठन गर्ने क्रममा बिहीबार बढैयाताल गाउँपालिका–७ का वडा अध्यक्ष राधेश्याम थारुको अध्यक्षतामा १३ सदस्य समिति गठन गरिएको छ ।
मानब बेचबिखन तथा ओसार पसार रोक्न र बालबालिकाको हित बिरुद्धका गतिबिधी नियन्त्रणमा सहयोग पर्याउने उद्दश्यले गठन गरिएको समितिको सदस्य सचिबमा वडा सचिब रणबहादुर रावत, सदस्यहरुमा कालिका प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक शालिकराम न्यौपाने, शिक्षकको तर्फबाट जोधा आधरभूत बिद्यालयका प्र.अ. ईन्द्र बहादुर भण्डारी, बाल क्लब संजालबाट दुर्गा लुईटेल, किशोरी संजालबाट सिता थारु, महिला सदस्य जिता शर्मा, बाल संरक्षण समितिबाट कृष्णराम थारु लगाएतका रहेको सम्मान परियोजनाकी फिल्ड संयोजक गोमा नेपालले जानकारी दिईन ।
गठित समिति प्रत्येक महिना बैठक बस्ने र प्रत्येक सदस्यले टोलटोलमा किशोर किशोरीको तथ्यांक संकलन गर्ने निर्णयसमेत गरेको छ ।