सिसौं र सागवन जातको अबैध काठ बरामद
शुक्रबार, भदौ ०३, २०७९ मा प्रकाशित

बर्दिया, भदौ ३ (फरकसमाचार) / सिसौं र सागवन जातको काठ अबैध रुपमा लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ । बढैयाताल गाउँपालिका–३ मानखोला स्थितबाट सशस्त्र प्रहरीले बिहीबार अबैध काठ बरामद गरेको हो ।

प्रहरीका अनुसार खजुरा गाउँपालिका–६ बाँकेका अलिस सेटले काठ लैजाँदै थिए । प्रहरीले चेकजाँच गर्ने क्रममा काठको आवश्यक कागजपत्र नभेटिएपछि काठ लोड गरिएको ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बरामद अबैध काठ ४६.८२ क्युफिट रहेको छ । बरामद अबैध काठको मुल्य रु १ लाख ४० हजार ४ सय ६० बराबर रहेको प्रहरीले जनाएको छ ।

अबैध काठ लोड गरिएको भे १ त ७००८ नम्बरको ट्याक्ठरसहित चालक गुलरिया नगरपालिका–८ आसापुरका ३२ वर्षिय रामु लोधलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बाँसगढी नगरपालिका–५ स्थित सव डिभिजन वन कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढा मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय