दोस्रो कार्यकालको लागि अध्यक्षमा लामिछाने निर्विरोध चयन
आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया, भदौ ५ / बढैयाताल उद्योग वाणिज्य संघको दोस्रो कार्यकालको लागि अध्यक्षमा अध्यक्षमा बालकृष्ण लामिछाने निर्विरोध चयन भएका छन् । दोस्रो अधिवेशनमा लामिछानेसहित १९ सदस्यीयको कार्यसमिति शनिबार निर्विरोध चयन भएको हो ।

अध्यक्ष लामिछानेले आफ्नो पहिलो कार्यकालमा व्यवसायीहरुको हकहितको लागि पु¥याएको योगदानले व्यवसायी माँझ लोकप्रिय मानिन्छन् । उनले गरेको काम र लोकप्रियताले दोस्रो कार्यकालको लागि व्यवसायीले लामिछानेलाई निर्विरोध चयन गरेका छन् ।

लामिछानेसहित चयन भएका पदाधिकारीले सपथ लिई आ–आफ्नो जिम्मेवारी सम्हालेका छन् । बरिष्ठ उपाध्यक्षमा लक्ष्मण रेग्मी, द्धितिय उपाध्यक्षमा रबिन्द्र रावल र तृतीय उपाध्यक्षमा पार्वती काफ्ले चयन भएकी छन् । महासचिवमा दिपक खनाल, उपमहासचिवमा शिव प्रसाद आचार्य र सचिवमा तिलक सिंह ठकुरीलाई व्यवसायीले निर्विरोध चयन गरेका छन् ।

कोषाध्यक्षमा शिव प्रसाद सुवेदी र सहकोषाध्यक्षमा बाबुराम बराल रहेका छन् । त्यसैगरी सदस्यमा दुर्गाप्रसाद थारु, आकाश जिसि, कमल श्रेष्ठ, सैलेजा पौडेल, टिकाराम कोईराला, शिव आचार्य, हरि दाहाल, यम बहादुर बस्नेत, माया देबि ढकाल र नारायणी बराल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय