बर्दियामा बन्दको आंशिक प्रभाव
बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित

जिल्लाको सदरमुकाम गुलरिया लगायत तीन ठाउँमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा नलिएको जनाएको छ ।

बर्दिया,भदौ ८ (फरकसमाचार) / विप्लव नेतृत्वको नेकपासहित ४ पार्टीले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव मंगलवार जिल्लाभरी परेको छ । अटोरिक्सा तथा मोटरसाईल फाट्फुट्ट चलेपनि लामो तथा छोटो दुरीका यातायातका साधन चलेनन् ।

गुलरिया नगरपालिका स्थित भत्केको पुल नजिक र खैरापुर नजिक शंकास्पद वस्तु फेला परेको हल्ला भएपछि दिनभरी सवारी साधनको आवागमन ठप्प भयो । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालित भएका थिए । शंकास्पद रुपमा फेला परेको वस्तु नेपाली सेनाले हटाएको छ । शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित भएका थिए । जिल्लामा तीन ठाउँमा शंकास्पद वस्तु फेला परेपनि कुनै किसिमको क्षति व्यहोर्न नपरेको प्रहरीको भनाई छ ।

गुलरिया नगरपालिका स्थित भत्केको पुुल नजिक, गुलरिया राजपुर सडक खण्डको खैरापुर नजिक र ठाकुरबाबा नगरपालिका– ४ स्थित बनबिर ढोढरी भुरिगाउँ सडक खण्डमा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहाराले बताए । ‘फेला परेको शंकास्पद वस्तु नेपाली सेना र प्रहरीको टोलीले हटाएको छ’ प्रहरी नायव उपरीक्षक बोहाराले भने,‘ फेला परेको शंकास्पद वस्तु वारिजनल नभई डेमो हो ।’ तर्साउनलाई रातो कपडामा तार बेरेर राखिएको बस्तु रहेको खुलाए । अप्रिय घटना हुन नदिन जिल्लामा बिहानै देखि सुुरक्षा व्यवस्था दुरुस्त रहेको प्रहरी नायव उपरीक्षक बोहाराले जानकारी दिए ।

बिहान देखि बन्दको प्रभावले जिल्ला स्थित व्यवसायीले आ–आफ्नो पसल बन्द गरे । गुलरिया, मैनापोखर, राजापुर, बाँसगढी र मधुवन लगायतका बजार मंगलबार दिउँसोसम्म पुर्ण रुपमा बन्द भएपनि दिउँसोबाट फाट्फुट्ट पसल खुले । अधिकांश पसल दिनभरी बन्द नै भए । लामो दुरीका यातायातका साधन नचल्दा लामो दुरीका यात्री अलपत्र परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय