दलबहादुर सुनार
बर्दिया, भदौ ८ / अपाङ्गता परिचय पत्र सम्बन्धी राजापुर नगरपालिकाका जनप्रतिनिधीलाई अभिमुखीकरण गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा कार्यालय राजापुरको आयोजनामा र राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाको समन्वयमा मंगलबार अभिमुखिरण गरिएको हो ।
अपाङ्गता भएका ब्यक्तिहरुको परिचय बितरण प्रक्रिया, कार्यबिधि र नितिगत ब्यबस्थाको बारेमा वडाध्यक्ष, परिचय पत्र बितरण समन्वय समितिका सदस्यलाई जानकारी गराउन र परिचय पत्र बितरणमा सहजता ल्याउने उद्देश्यले अभिमुखिकरणको आयोजना गरिएको राजापुर नगरपालिकाकी उप–प्रमुख मनकुमारी थारुले बताईन् ।
अभिमुखीकरण कार्यक्रममा अपाङ्गता के हो ? अपाङ्गतालाई हाम्रो समाजले कसरी बुझेको छ । अपाङ्गता परिचय पत्र बितरण सम्बन्धि बनेका नितिगत ब्यबस्था, अपाङ्गता भएका ब्यक्तिहरुको लागि बनेको ऐन २०७४ अनुसार अपाङ्गताका प्रकार, गाम्भिर्ताका आधारमा गरिएको बर्गिकरण वडा र पालिकाको भुमिका लगाएतका बारेमा अभिमुखीकरण गरिएको छ ।
राधाकृष्ण थारु जनसेवा केन्द्रको समुदायमा सशक्तिकरण तथा विकासका लागि स्थानिय पहल एलआईसिईडि परियोजनाको सहयोगमा भएको उक्त अभिमुखिकरणमा राजापुर नगरपालिका नौ वटै वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिब, शिक्षक लगाएत करिब २५ जनाको सहभागिता रहको थियो ।
राजापुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदीको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
अभिमुखिकरण कार्यक्रममा बर्दिया अपाङ्ग पुनस्र्थापना केन्द्रका अध्यक्ष नेत्र प्रसाद सापकोटाले अपाङ्गताको सवालमा स्थानिय सरकारको ध्यानाकषर्ण गराएका थिए । कार्यक्रमका सहभागीलाई परियोजनाका संयोजक जितराम चौधरीले स्वागत गरेका थिए भने महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख रिता चौधरीले कार्यक्रम संचालन गरेकी थिईन् ।