दलबहादुर सुनार
बर्दिया, भदौ १० / बढैयातालमा पालिका स्तरिय बाल संरक्षण समितिको पुर्नगठन गरिएको छ । प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा बढैयाताल गाउँपालिकाको समन्वयमा तथा बाँके युनेस्को क्लब बाकेको आयोजनामा भएको बाल संरक्षण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रममा बिहीबार समितिको पुर्नगठन गरिएको हो ।
बढैयाताल गाउँपालिका द्धारा निर्मित पहिला गठन गरिएको समितिको कार्यकाल समाप्ति भएपछि तिन बर्षे कार्यकालको लागि बाल अधिकार समिति गठन गरिएको छ ।
बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारीको संयोजकत्वमा बिभिन्न बिषयगत क्षेत्र, भुगोलको समाबेशीता हुने गरि बाल अधिकार निति अनुसार समितिको पुर्नगठन गरिएको जनाईएको छ ।
पुर्नगठित समितिको सदस्यहरुमा प्रमुख प्रशासकिय अधिकृत, शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखाका प्रमुख, ईलाका प्रहरी कार्यालयका प्रमुख, उद्योग बाणिज्य संघका प्रतिनिधी एक जना, अपांगताको क्षेत्रबाट, बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाको प्रतिनिधी एक जना, बाल संजालबाट दई जना, पत्रकारबाट एक जना, अध्यक्षले मनोनित गरेको दुई जना, उपाध्यक्षले मनोनिति गरेको एक जना र महिला बालबालिका शाखा सदस्य सचिब रहने गरि समिति पुर्नगठन गरिएको महिला बालबालिका शाखाकी निमित्त प्रमुख दुर्गादेबी हमालले जानकारी दिईन ।
अभिमुखिकरण कार्यक्रम बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाटीको प्रमुख आतिथ्यमा र उपाध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बालबालिकालाई कसरी सहयोग गर्न सकिन्छ, बालबालिकाहरुको सम्भाबित जोखिमको अवस्था,बालबालिकाहरुको लागि बनेका नीतिगत ब्यबस्थाहरु र उनीहरुको संरक्षण तथा सम्बर्धनका लागि स्थानिय सरकारको भुमिका तथा बाल अधिकार समितिको भुमिकाको बारेमा शान्त चौधरीले सहजिकरण गरेका थिए । उक्त अभिमुखिकरण कार्यक्रममा २५ जनाको सहभागिता रहेको बाके यूनेस्को क्लबकी फिल्ड सुपर भाईजर लक्ष्मी थारुले जानकारी दिईन ।