जनतानगरमा देखिने बाघ स्थान्तरण गर्न स्थानीयको माग
आइतबार, भदौ १२, २०७९ मा प्रकाशित

राती ८ बजे देखि आवागमनमा निषेध

दलबहादुर सुनार

बर्दिया,भदौ १२ / बढैयाताल गाउँपालिकाको जनतानगर आसपास देखिने पाटे बाघ अन्यत्र स्थान्तरण गर्न स्थानीयले माग गरिरहेका छन् । बुधवार बिहान दुई डमरुसहित पोथि पाटे बाघ जनतानगर चोकमा देखिएपछि स्थानिय जनता त्रसित बनेका छन् । दिनहुँ बाघ देखिन थालेपछि मानविय क्षेति हुने जोखिम पनि उत्तिकै बढेको छ । समयमा बाघको स्थान्तरण नगरे मानविय क्षेति व्यहोर्नु पर्ने स्थानीयले बताउँछन् । बिहानै ट्युशन जाने बिद्यार्थी, मज्दुरी गर्न जाने ब्यक्तीहरु र किसानहरु बढी जोखिममा परेका छन् । जिम्मेवार निकायले पहल गरी बाघ व्यवस्थापन गर्नु पर्ने वडा नंम्बर ९ का स्थानीयले माग राखेका छन् । गाउँमा भएका कुकुर सकिए, छाडा पशु चौपाय पनि देखिन छाडे यदि समयमा बाघलाई यस क्षेत्रबाट नहटाए मान्छे पनि सिकार बन्नु पर्ने स्थानीयले भनाई छ ।

दुई तिन बर्ष पहिला फाट फुट देखिने बाघ अहिले दुई चार दिनको बिच देखिन थालेपछि जनतानगर आसपासका स्थानिय त्रसित बनेका छन् ।
बाघबाट मानविय क्षति नहोस भन्ने बारेमा जिल्ला बन कार्यालयको गम्भिर ध्यानाकर्षण भएको डिभिजन बन कार्यालय बर्दियाका प्रमुख प्रबिन बिडारीले बताए । ‘१५/२० दिन देखि फ्लोअप गर्दै आएका छौं’ प्रमुख बिडारीले भने,‘राष्टिय प्रकृती संरक्षण कोषसंगको समन्वयमा सिसि क्यामेरा पनि जडान गरेर खोजी कार्य गरेका छौं ।’ यस पाटे बाघको ब्यबस्थापनको सवालमा स्थानियतह, राष्ट्रिय प्रकृती संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जसंग समन्वय भइरहेको प्रमुख बिडारीले जानकारी दिए ।

मानब सुरक्षाको लागि स्थानियले वडा नंम्बर ९ मा दवाब सृजना गरेपछि वडा कार्यालयले सरोकारवालासंग बाघ व्यवस्थापनको बारेमा छलफल तथा अन्तरक्रिया गरेको जनाएको छ ।

छलफलबाट जंगल आसपासमा राती ८ बजेपछि आवत जावत नगर्न र अन्य समयमा सुरक्षा अपनाएर मात्र हिड्न स्थानियलाई जानकारी गराउने निर्णय गरेको छ । बाटोको दुबै किनारमा २०÷ २० मिटरसम्म झाडी सफाई गर्न जिल्ला बन कार्यालयसंग समन्वय गर्ने, बाघलाई सुरक्षित तवरबाट अन्यत्र स्थान्तरणका लागि सम्बन्धीत निकायसंग समन्वय गर्ने लगाएतको निर्णय गरिएको वडा नंम्बर ९ का अध्यक्ष बिर बहादुर थारूले जानकारी दिए ।

९ नंम्बर वडा कार्यालयमा भएको छलफलमा बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारी, ८ नंम्बर वडाका अध्यक्ष तेजनाथ पौडेल, न्यायिक समितिका सदस्य दिल्ली प्रसाद गौतम, वडा सदस्यहरु, सितला बजार प्रहरी चौकीका इन्चार्ज खिम बहादुर डागी, बन डिभिजनका प्रतिनीधी महादेब प्रसाद थारु, शिब कुमार यादब, सामुदियक बनका अगुवाहरु, सामुदायिक बन संजाल बढैयातालका अध्यक्ष राम प्रसाद काफ्ले लगाएत झण्डै ३० जनाको सहभागिता रहेको वडा सचिब अर्जुन थारुले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर