बर्दिया, भदौ १३ (फरकसमाचार) / लागु औषध कारोबारमा संलग्न भई फरार भएका थारुलाई प्रहरीले पक्राउ गरेको छ । गत साउन अन्तिम साता बढैयाताल गाउँपालिका–२ फुटाहा स्थित नेपाल भारत सिमा नाकामा लागु औषध कारोबारमा संलग्न रहेका बाँके कोहलपुर नगरपालिका–१५ चन्नवाका सुरज कुमार थारु पक्राउ परेका हुन् ।
लागु औषध कारोबारमा संलग्न तीन जना मध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बाँके कोहलपुर नगरपालिका–१५ चन्नवाका मनसुख लाल थारु र अर्विन थारुलाई नियन्त्रणमा लिन सफल भएको थियो ।
लागु औषध कारोबारमा संलग्न रहेका सुरज कुमार थारु भागेका थिए । सुरज कुमार थारुले भारतबाट खरिद गरी ल्याएका कालो रंगको प्लाष्टिकमा रहेको ब्राउन सुगरका तीन पुरिया सोही स्थानमा फालेर भाग्न सफल भएका थिए । प्रहरीले दुई जना र पक्राउ परेका थारुले फालेको तीन पुरियामा रहेको ५ ग्राम १ सय ३० मिलीग्राम ब्राउन सुगर नियन्त्रणमा लिएको थियो ।
लागु औषध ब्राउन सुगर फालेर भागेको थारुलाई पक्राउ गर्न गत साउन ३० गते अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक कमल क्षेत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा थारुलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।