कानाचौर स्वास्थ चौकीमा एम्बुलेन्स सेवा उद्घाटन
मङ्गलबार, भदौ १४, २०७९ मा प्रकाशित

दिपक संगम विश्वकर्मा

डोटी, भदौ १४ /डोटी जिल्ला बोगटान फुडसिल गाउँपालिका–३ कानाचौर स्वास्थ चौकीमा कार्यक्रम आयोजना गरि एम्बुलेन्स उद्घाटन गरिए छ । उक्त एम्बुलेन्स भारत सरकारले बोगटान ३ कानाचौर स्वास्थ चौकीलाई अनुदानमा उपलब्ध गराएका हो ।

डोटी जिल्लाको दुर्गम स्थान बोगटान कानाचौर स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा सुरु भएको छ । यो स्वास्थ्य चौकी विकट स्थानमा रहेको स्वास्थ चौकी हो । पहिला यो क्षेत्र सडक क्षेत्रबाट पनि धेरै टाढा थियो । राम्रो बाटो घाटो पनि थिएन । सानो प्रशासनिक काम पर्दा पनि सदरमुकाम सिलगढीमा जानु पर्ने बाध्यता थियो । सानो दुर्घटना भय पनि गाउँमा सुविधाजनक स्वास्थ्य चौकि न हुँदा दिपायल जानू पर्ने बाध्यता थियोे । भिरबाट लडेर घाईते भए पनि समयमै उपचार नपाएर वा लैजाने साधन नपाएर अल्पआयुमै ज्यान गुमाउनु पर्ने स्थिती थियोे ।

गर्भवती महिलालाई स्थास्थ चौकि लैजाने साधन नहुँदा धेरै महिलाहरूले अकालमा ज्यान गुमाउनु परेको थियो । हातखुट्टा भाँचिदा होस या टाउको तथा शरिरमा कुनै ठाउँमा ठूलो चोट लाग्दा उपचार गर्न दिपायलमा लैजानको लागि कुनै पनि साधनको ब्यवास्था थिएन । गाउँघरमा, विरामि हुँदा पिठ्युँ मा बोकेर, बाँस तथा डोकामा बोकेर सदरमुकामसम्म लैजादा लैजादै बिच बाटोमा ज्यान गुमाउनु पर्ने बाध्यता रहेको थियो । बोगटान फुडसिल गाउँपालिका – ३ कानाचौरबाट सदरमुकाम जान करिब दुई तीन दिन पैदल यात्रा लाग्छ ।

भारतको सहयोगमा आएको एम्बुलेन्सको उद्घाटन भएसंगै स्थानीय खुसि भएका छन् । अब सेवा ग्राहीले पैदल तथा डोको पिठ्युँमा बोकेर उपचार गर्ने दिन हटेको कानाचौर स्वास्थ चौकीका ईन्चार्ज गोरखनाथ बुढाले बताए । साधन नहुँदा स्वास्थ्य चौकी ल्याउँदै गरेको अवस्थामा बाटोमा ज्यान गुमाउन पर्ने बाध्यता हटेको उनले विश्वास व्यक्त गरे ।

नेपाली काङ्ग्रेसका नेता तथा महाधिवेशन प्रतिनीधी पदम राज जैशी तथा कानाचौर स्वास्थ्य चौकी का ईन्चार्ज गोरख नाथ बुढाको विशेष पहलमा एम्बुलेन्स आएको छ ।

उक्त एम्बुलेन्स उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष कमल गडसिला, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनीधी पदम राज जोशी, गाउँपालिकाकी उपाध्यक्ष विस्ना देवि बम, कानाचौर स्वास्थ्य चौकी प्रमुख गोरखनाथ बुढासहितको उपस्थिती रहेका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय