बर्दिया, भदौ १५ (फरकसमाचार) / बगलामुखी मन्दिर मंगलबार दिनभर तीजको गितले गुन्जायमान भयो । गुलरिया नगरपालिका–७ स्थित रहेको मन्दिरमा ब्रतालु महिला नाच गान शुरु गरेपछि मन्दिर परिसर गुन्जायमानमय बनेको थियो । बर्दिया जिल्लाका अधिकांश मठ मन्दिर र चौतारा र घर आँगनमा जम्मा भएका महिला तीजका गितमा छमछमी नाचे ।
महिलाहरुको महान् चाड हरितालिका तिज महिला दिदि बहिनीहरुले भव्यसाथ मनाएको निकिता मैनालीले बताईन् । ‘हरितालिका तिज धुमधामकासाथ मनाएका छन्’उनले भनिन्‘ धर्म र सस्कृति जर्गेनाका लागि महिलाको सक्रियता आवश्यक छ ।’
तिजमा विवाहित महिलाले श्रीमान्को सुस्वास्थ्य, दीर्घायुको कामना गर्ने र अविवाहित महिलाले असल वर पाउन व्रत बस्ने प्रचलन रहेको छ । ब्रत बसेका नारीहरु बिहानैबाट गुलरियाको बगलामुखी र कोटही लगायतका विभिन्न मन्दिरमा पुजा गरेका छन् । पुजा गरेर सकिएपछि नाचगान गरेका थिए । महिलाहरुको महान् पर्व हरितालिका तिजमा एकै ठाउँमा जम्मा भएका महिलाहरु एकअपासमा सुखदुख साटासाट गरेका छन् । वर्षमा एक चोटी पर्वमा नारीहरु रमाउँन पाउँदा अत्यन्तै खुसी देखिएका थिए ।
बिहानै देखि रातो सारी र श्रृङ्गारमा सजिएका महिलाहरुको मन्दिर परिसरमा चहल पहल देखिएको थियो । त्यसैगरी टोल टोलमा तिजका गित गुन्जायमान थियो । पछिल्लो समय कला प्रर्दशन गर्न टिक टिक बनाउँने अधिकांश महिलाको रोजाईमा परेको छ । पछिल्लो समय युवा पुस्ताको आर्कषण बनेको टिक टिकमा सबै बर्ग जातजाति र उमेर समुहलाई तानेको छ । मन्दिरमा नाचगान गर्दै गर्दा टिक टक बनाई महिलाहरु रमाएका थिए ।