बढैयाताल गाउँपालिकामा कर्मचारीले गरे तालाबन्दी
बुधबार, भदौ १५, २०७९ मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल 

बर्दिया, भदौ १५ / बढैयाताल गाउँपालिकामा कार्यरत करार कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका छन् । गाउँपालिका कार्यालयको मुल गेटमा ३८ जना करार कर्मचारीले ताला लगाई धर्ना दिएका छन् । करारमा कार्यरत कर्मचारीहरुको करार अवधि गाउँपालिकाले गत साउनमा नविकरण नगरेपछि करारका कर्मचारी आन्दोलित भएका छन् ।

गाउँपालिकामा लामो समय देखि कार्यरत कर्मचारीहरुको करार अवधि थप नहुँदा करार कर्मचारीले ५ बुँदे माग राख्दै आन्दोलनमा उत्रेका छन् । तत्काल करार म्याद थप गरियोस्, श्रमशोषण नगरी नेपाल सरकारले तोके अनुसारको पारिश्रमिक व्यवस्था गरियोस्, करार कर्मचारीहरुको दीर्घकालीन व्यवस्था गरियोस्, कामकाज गरिरहेका करार कर्मचारीहरुलाई नियतवस विभिन्न आरोप सहित करार गर्न आलटाल गरिएकोमा सो नगरी साविक अनुसार नै कामकाज गर्ने गरी तुरुन्त करार गरियोस् र करार कर्मचारीहरुको सम्बन्धमा उच्च अदालत नेपालगंज इजलासबाट गरिएका विभिन्न आदेश कार्यान्वयन गरियोस् भनि ५ बुँदे माग पत्रमा उल्लेख छ ।

बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीसंग यस विषयमा बुझ्दा विगतमा प्रक्रिया नपु¥याई कर्मचारी राखिएकोले बेरुजु देखिएको जनाए । प्रक्रिया नपु¥याई राखिएका कर्मचारीहरुको करार अवधि नविकरण गर्दा अप्ठ्यारो हुने भएकोले नविकरण नगरेको अध्यक्ष त्रिपाठीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय