लुम्बिनी प्रदेशका डिआईजी द्वारा बर्दिया जिप्रका निरीक्षण
बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित

बर्दिया, भदौ १६ (फरकसमाचार) / लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख डिआईजी नल प्रसाद उपाध्यायले बर्दिया जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका छन् । अनुगमनका क्रममा आएका डिआईजी उपाध्यायले प्रहरी कार्यालयको भौतिक पूर्वाधार, प्रहरी कर्मचारी, मेश, ब्यारेक र बिभिन्न शाखाहरुको बुधबार निरीक्षण गरेका हुन् । निरीक्षणको क्रममा प्रहरी कर्मचारीलाई डिआईजी उपाध्यायले आवश्यक निर्देशन पनि दिएका छन् ।

जिल्लाको शान्ति सुरक्षाको स्थितीबारे जानकारी लिई प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन पनि दिएका छन् । जिल्लाको शान्ति सुरक्षामा देखिएका चुनौति र यसका समाधानको लागि राजापुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिहरुसंग छलफल पनि गरेका छन् ।

आम नागरिकको प्रहरी प्रतिको धारणा, गुनासो र सुझावलाई मनन गरी शान्ति सुरक्षामा समुदाय र प्रहरी बिच सहकार्य गर्न अनुरोधसमेत डिआईजी उपाध्यायले गरेका छन् । त्यसैगरी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा शान्ति सुरक्षा दुरुस्त राख्न अन्तरक्रिया कार्यक्रममा छलफल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर