बर्दिया, भदौ १७ (फरकसमाचार) / विभिन्न कसुरमा फरार रहेका दुई कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई शुक्रबार कारागार चलान गरेको हो ।
फरार रहेका बारबर्दिया नगरपालिका –१ का ४४ वर्षिय मुक्ति थारु र राजापुर नगरपालिका–१ टिउनीका २६ वर्षिय समिर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई कारागार चलान गरेको छ ।
०७५ साल जेठ ४ गते अदालतले मुक्ति थारुलाई ८ वर्ष कैद सजाय तोकेको थियो । त्यसैगरी चोरी मुद्दामा अदालतले समिर चौधरीलाई रु ८० हजार एक सय जरिवाना र १ महिना ५ दिन कैद सजाय तोकेको थियो ।
अदालतले कैद सजाय र जरिवाना तोकेको दिन देखि दुवै जना फरार रहेका थिए । फरार रहेका दुवै जना आफ्नो घरवतनमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई अदालतमा उपस्थिती गराई सजाय भुत्तान गराउन कारागार पठाईएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।