भदौ १९ / प्रधानमन्त्री तथा" />
गठबन्धनको बैठकअघि बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल
आइतबार, भदौ १९, २०७९ मा प्रकाशित

काठमाडौं, भदौ १९ / प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ ।

सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमति जुटन नसकेको बेला दुई नेताबीच आइतबार बिहान छलफल भएको हो । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा आन्तरिक छलफल गरेर आजसम्म सिट बाँडफाँट संख्या टुंग्याउने नेताहरुले बताएका थिए ।

आज बस्ने गठबन्धनको बैठकमार्फत संघ र प्रदेशको सिट संख्या टुग्याएर अघि बढ्ने अध्यक्ष प्रचण्डले नै बताएका थिए । दुई नेताको छलफलपछि कार्यदल र गठबन्धनको बैठक बस्ने बताइए पनि समय तय भैनसकेको नेताहरुको भनाइ छ । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर