जुवा खालबाट नगदसहित १५ जुवाडे पक्राउ
सोमबार, भदौ २०, २०७९ मा प्रकाशित

बर्दिया, भदौ २० (फरकसमाचार) / जुवा खालबाट नगदसहित १५ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका–४ माचड चोक स्थितबाट प्रहरीले नगदसहित जुवाडेलाई नियन्त्रणमा लिएको हो । सोमई थारुको घरकोठामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १५ जना जुवाडेलाई नियन्त्रणमा लिन सफल भएको छ । साथै जुवा खालबाट प्रहरीले रु ५७ हजार २ सय ९० बरामद गरेको छ ।

पक्राउ पर्नेमा मधुवन नगरपालिका–४ माचडका ३४ वर्षिय जगत चौधरी, घरधनी ३९ वर्षिय सोमई थारु, २६ वर्षिय होम बहादुर चौधरी, ३१ वर्षिय वंशिराम चौधरी, ५३ वर्षिय प्रदेशी थारु, २८ वर्षिय सुदिप चौधरी, ३० वर्षिय रामेश्वर चौधरी, २५ वर्षिय पवन रेग्मी र ३५ वर्षिय किरण बुढा मगर रहेका छन् । मधुवन नगरपालिका–२ का २८ वर्षिय राजेन्द्र चौधरी र ३९ वर्षिय लाहानु चौधरी रहेका छन् ।

त्यसैगरी मधुवनै वडा नम्बर ८ का ४५ वर्षिय खेमलाल रिमाल, वडा नम्बर ६ का ३२ वर्षिय भोजराज वली, वडा नम्बर ५ का ४२ वर्षिय नन्द कुमार थापा र ५० वर्षिय गोबिन्दराज गिरी रहेका छन् । ढोढरी ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जुवाडेहरुलाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए । डिएसपी बोहराका अनुसार प्रहरीले जुवाडेलाई नियन्त्रणमा लिई जुवा कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरि अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय