बढैयातालमा डेंगुबाट दुई जना संक्रमित : डेंगु रोकथामको लागि सचेतना अभियान सुरु
बुधबार, भदौ २२, २०७९ मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया, भदौ २२ / बढैयातालमा डेंगु रोगबाट दुई जना संक्रमित भएका छन् । बढैयाताल गाउँपालिका–८ का दुई जना पुरुष डेंगुरोगबाट संक्रमित भएका हुन् । डेंगुका संक्रमित भेटिएसंगै डेंगु रोकथामको लागि सचेतना अभियान संचालन गरिएको छ ।

स्वास्थ्य कार्यालय गुलरियाले सोमबार बढैयातालको सितला बजारमा डेंगुुरोग सम्बन्धि अभिमुखिकरण गर्दै लामखुट्टेको बास स्थान खोजि गरी लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले कार्यक्रमको उद्देश्य माथि प्रकास पार्दै यो लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग भएको बताए । यसको खोप र औषधी नभएको सुनाए । ‘डेंगुबाट संक्रमित भएको मानिसलाई टोकेर फेरी अर्को मानिसलाई टोक्दा सर्छ’ प्रमुख गिरीले भने,‘यसबाट बच्नको घरवरिपरि पानी जम्न नदिने, सरसफाई राख्ने, मच्छरधुप, किटजन्य बिषादी छर्ने र राती सुत्दा झुलको प्रयोग गर्दा सुरक्षित हुन सकिन्छ ।’

यसको रोक थाम र नियन्त्रण स्वास्थ्य कार्यालयबाट मात्र सम्भब नहुने भन्दै स्थानिय सरकार, शिक्षक, बिद्यार्थी, नागरिक समाज, उद्योगि ब्यापारी लागयतको साथ र सहयोगबाट मात्र हुने हुँदा सचेतना अभियानलाई तिब्र पार्नु पर्नेमा जोड दिए ।

बढैयाताल गाउँपालिकाका– ८ का वडा अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा तथा पालिका अध्यक्ष हिमालय त्रिपाटीको प्रमुख आथित्यमा भएको अभिमुखिरणमा लामखुट्टेको बासस्थानको खोज र लार्भा नष्ट गर्न सितला बजारमा ब्यानरसहित सचेतना अभियानको शुरुवात भएको जनाईएको छ ।

अभियानमा पालिका उपप्रमुख लक्ष्मी अधिकारी, वडा नम्बर ८ का अन्य जनप्रतिनिधी, रेडक्रस उपशाखा बढैयातालकी उपाध्यक्ष पबित्रा अर्याल, बढैयाताल स्वास्थ्य शाखाका प्रमुख बिष्णु पौडेल, प्रहरी चौकी सितला बजारका ईन्चार्ज असई खिम बहादुर डांगी, महिला स्वास्थ्य स्वंय सेबिका, सितला बजार ब्यबस्थापन समितिका अध्यक्ष हरि दहाल लगायत स्थानिय नागरिकको सहभागिता रहेको स्वास्थ्य चौकी कालिकाका प्रमुख राजु थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर