भदौ २२ / नेपालको पाँच दिने " />
भारतीय स्थल सेनाध्यक्षले आज मुक्तिनाथको दर्शन गर्ने
बुधबार, भदौ २२, २०७९ मा प्रकाशित

काठमाडौं, भदौ २२ / नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे आज मुस्ताङ जाने भएका छन् ।  पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्न उनी आज मुस्ताङ जाने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

मुक्तिनाथको दर्शन गरी आजै उनी पोखरा आउने कार्यक्रम रहेको छ । त्यहाँ उनले पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड मुख्यालयको भ्रमण गर्नेछन् ।  भारतीय स्थल सेनाध्यक्ष पाण्डेले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय