बर्दियाका वृद्धसहित डेंगुबाट दुईको मृत्यु
बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित

बाँके, भदौ २३ / नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेंगुका बिरामीको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–८ बर्दियाका ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. बद्री चापागाईंले बताए ।

उनका अनुसार, ८६ वर्षीय पुरुष भदौ १४ गते र १२ वर्षीया बालिका १९ गते भर्ना भएका थिए । ८६ वर्षीय वृद्धमा दमको कारण स्वासप्रश्वासमा समस्या देखिएकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो ।

दुवै जनाको उपचारकै क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो । भेरी अस्पतालमा अहिले डेंगु सङ्क्रमित बिरामी उपचारका लागि आउनेक्रम बढिरहेका छन् ।
पहिलो पटक डेंगुको सङ्क्रमण सामान्य भए पनि दोस्रो पटक कडा हुने भएकाले सङ्क्रमण फैलिनसक्ने डा.चापागाईंले बताए ।

बाँकेमा डेंगु सङ्क्रमण फैलिन नदिन नेपालगञ्ज उपमहानगरले लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । समुदायस्तरमा सचेतना सँगसँगै लामखुट्टेको लार्भा नष्ट पार्ने अभियान भइरहेको उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय