हात्ती आतंकले किसानलाई पिडामाथि झन् पिडा
शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित

बर्दिया, भदौ २४ (फरकसमाचार) / हात्ती आतंकले किसानलाई पिडामाथि झन् पिडा परेको छ । मल र जलको अभावमा लगाएको अन्नबाली जंगली हात्तीले सखाप बनाउँदा किसानलाई पिडामाथि झन् पिडा परेको हो । गुलरिया नगरपालिका–१ स्थित बुधबार राति आएको हात्तीको बथानले धान र मकै पुर्ण रुपमा नष्ट गरेको छ । यो घटना पहिलो पटक भने होइन । वनजंगल र निकुञ्ज अन्तर्गतका किसानले यस्ता घटनाको प्रत्येक वर्ष सामना गर्नुपर्छ ।

मल र जलको अभावमा लगाएको धानबाली पसाउने बेला हात्तीले नष्ट गरेको कृष्ण प्रसाद भुसालले बताए । ‘राति आएको हात्तीको बथानले ५ बिघा धानबाली पुर्ण रुपमा नष्ट गरेको छ’ उनले भने, ‘किसानलाई टाउँकोमा हात राखेर बस्नुको कुनै विकल्प छैन ।’ धानबाली पसाउने बेलामा हात्तीले पुर्ण रुपमा नष्ट गर्दा किसान चिन्तित भएका छन् । गुलरिया नगरपालिका–१ का मुरारी यादवको ५ बिघाको धानबाली बुधबार आएको हात्तीको बथानले नष्ट गरेको उनले जानकारी दिए । हात्तीले नष्ट गरेको धानबालीको सम्बन्धित निकायले लगत संकलन गरी किसानलाई उचित राहतको व्यवस्था गर्न उनले माग गरेका छन् ।

हात्तीले नष्ट गरेको अन्नबालीको प्रहरीले मुचुल्का बनाई वडामा पठाएको गुलरिया नगरपालिका–१ का वडा अध्यक्ष जोगीराम थारुले बताए । हात्तीले नष्ट गरेको अन्नबालीको तस्विरसहित आवश्यक कागजात जुटाईरहेको जनाए । ‘हात्तीले गरेको नोक्सानको बारेमा बिहानै नगर प्रमुख मुक्तिनाथ यादवलाईसमेत जानकारी गराएको छु’ अध्यक्ष थारुले भने,‘किसानलाई राहत दिलाउँन हामीले तयार गरेको मुचुल्का जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र बर्दिया राष्ट्रिय निकुञ्जमा बुझाउने तयारी गरेका छौं ।’ किसानलाई उचित राहत दिलाउँन जुटिरहेको वडा अध्यक्ष थारुको भनाई छ ।

जंगलबाट राति निस्कने बन्यजन्तुले किसानले लगाएको अन्नबालीमा वर्षेनी क्षति पु¥याएको देखिन्छ । जंगलबाट राति खेतमा आहाराको लागि निस्कने बन्यजन्तुले किसान आजित बनेका छन् । बन्यजन्तुले नष्ट गरेको अन्नबालीको उचित मुल्याङकन नहुनु, राहतको लागि लामो र झनझाटिलो प्रक्रियाले किसानलाई वाक्कदिक्क बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय