पालिका स्तरीय राष्ट्रिय अपांगता संगठन निमार्ण
आइतबार, भदौ २६, २०७९ मा प्रकाशित

दलबहादुर सुनार / ज्ञानेन्द्रराज पोख्रेल

बर्दिया, भदौ २६ / बढैयातालमा राष्ट्रिय अपांगता संगठन पालिका स्तरिय संगठन निमार्ण गरिएको छ । राष्ट्रिय अपांगता संगठन नेपाल जिल्ला कमिटी बर्दियाले आयोजना गरेको प्रथम भेलाले हरि बहादुर घर्तिको अध्यक्षतामा १५ सदस्य पालिका स्तरीय समिति निमार्ण गरिएको हो ।

संगठनका केन्द्रिय सचिब नेत्र प्रसाद सापकोटाको अध्यक्षतामा भेलाले उपाध्यक्षमा धन बहादुर सुनार, सचिबमा नेत्र बहादुर ओली, सहचिबमा बांगु थारु, कोषाध्यक्षमा मंता थारु, सदस्यहरुमा प्रमिला सुनार, दिल बहादुर चन्द, तिर्थराज सुबेदी, जगत गुरुङ्ग, कर्ण बहादुर क्षेत्री, भबिला बिक, जग्गु थारु, राम बहादुर सुनार, राम कुमार थारु र सन्दिप कुमार सुनार सर्ब सम्मत चयन भएका छन् ।

राष्ट्रिय अपांगता संगठन बर्दियाका अध्यक्ष शसिधरमणी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बढैयातालका अध्यक्ष प्रेमराज त्रिपाठी, ७ वडा कमिटीका अध्यक्ष सुकदेब अधिकारीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर