बढैयातालमा सुआहाराको दोश्रो कार्यक्रम सम्बन्धि कार्यशाला
आइतबार, भदौ २६, २०७९ मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया, भदौ २६ / दीगोपना र पालिका तहमा सुआहारा दोश्रो कार्यक्रमको सिकाई आदान प्रदान सम्बन्धि कार्यशाला गोष्ठि बढैयातालमा गरेको छ । यूएसआईएडको सहयोगमा जन जागरण महिला संघ बर्दियाले बढैयाताल गाउँ पालिकाको समन्वयमा स्थानिय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत सुआहारा दोश्रो कार्यक्रमको सिकाई आदान प्रदान सम्बन्धि कार्यशाला गोष्ठि शुक्रबार सम्पन्न गरेको हो ।

पोषणका आधारभुत सुचकहरुको अवस्था बारे जानकारी दिई प्राथमिकता निधारण गर्न, पोषण बारे दीर्घकालीन नीति तथा योजना बनाउन र योजनाको प्रभाबकारी कार्यान्वयन गरी कुपोषण न्यूनिकरणमा स्थानिय सरकार, बिषयगत शाखा, लगाएत सरोकारवालाहरु लाई प्रतिबद्ध गराउने उद्देश्यले आयोजित कार्यक्रमको सहजिकरण सुआहारा परियोजनाका बरिष्ठ पोषण तथा स्वास्थ्य अधिकृत शिवशंकर चौवेले गरेका थिए ।

बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकत तथा कार्यक्रमका प्रमुख अतिथि दान बहादुर ऐडीले भने संचालित कार्यक्रमले हुेन खाने र हुँदा खाने बिचको पहिचान गरेर हुँदा खानेलाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताए । यो कार्यक्रम समुदायमा प्रभाबकारी भएको र यो कार्यक्रम शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिकासंग अन्तर सम्बन्धित भएको बताउदै थप कार्यक्रमको आवश्यक्ता भएको बताए । साझा प्रयासबाट मात्र सम्भब हुने भन्दै अभियानलाई सफल पार्नको लागि स्थानिय श्रोत र साधानको आधारमा सहयोग गर्ने प्रतिबद्धता जनाउदै सबै सरोकारवालाको साथ र सहयोग हुनु पर्नेमा प्रमुख ऐडीले जोड दिए ।

पालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जन जागरण महिला संघकी अध्यक्ष गोमा पौडेल, स्वास्थ्य शाखाका रमेश पौडेल, कृषि शाखाका प्रतिनिधी, स्वास्थ्य स्वंय सेबिका लगाएतले कार्यक्रमको महत्व, पोषण कार्यक्रमले बच्चा र आमाको स्वास्थ्यमा पारेको प्रभाबका बारेमा बोलेका थिए ।

कार्यक्रममा सुआहार परियोजना दोश्रोकी वरिष्ठ जेसी बिशेषज्ञ सुजता सिह, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, स्वास्यकर्मी, कृषि शाखा, भेटेनरी शाखा, स्थानिय संघ संस्थाका प्रमुख , पत्रकार नागरिक समाजका प्रतिनिधी, जन जागरणका कर्मचारी लगाएतको सहभागिता रहेको बढैयातालका पोषण सहजकर्ता राजबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय