बर्दिया, भदौ २६ (फरकसमाचार) / भारतबाट भन्सार छली ल्याई बेवारिसे अवस्थामा सडक छेउमा राखिएको अबैध सामान प्रहरीले बरामद गरेको छ । गुलरिया नगरपालिका–१० रत्नापुर गाउँ स्थित सडक छेउमा बेवारिसे अवस्थामा राखेको अबैध सामान प्रहरीले शुक्रबार बरामद गरेको हो ।
प्रहरीका अनुसार औषधी र अन्य सामानहरु बेवारिसे अवस्थामा फेला परेको छ । बेवारिसे अवस्थामा बरामद भएको औषधी र अन्य सामानको मुल्य रु १ लाख १६ हजार ७ सय ६ रहेको छ ।
बरामद भएको सामान राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए ।