एकैदिन दुई फरार कसुरदार पक्राउ
सोमबार, भदौ २७, २०७९ मा प्रकाशित

बर्दिया, भदौ २७(फरकसमाचार) / विभिन्न कसुरमा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका–४ का अमेरिका थारु र बारबर्दिया नगरपालिका–२ का अर्जुन थारुलाई प्रहरीले आईतबार पक्राउ गरेको हो । ०७८ साल बैशाख ७ गते उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा अमेरिका थारुलाई ७ दिन कैद र ८ लाख जरिवाना तोकेको थियो । त्यसैगरी ०७८ साल मंसिर १ गते बर्दिया जिल्ला अदालतले नकबजनी चोरी मुद्दामा २ वर्ष ९ महिना कैद र रु ३० हजार जरिवाना र जबरजस्ती चोरी उद्योग मुद्दामा १ वर्ष ३ महिना २ दिन कैद र रु १ हजार ५ सय जरिवाना तोकेको थियो ।

अदालतले सजाय तोकेको दिन देखि दुवै जना फरार रहेका थिए । दुवै जना आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रण लिएको हो । ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले अमेरिका थारु नियन्त्रणमा लिएको हो । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई अदालतमा उपस्थित गराई जरिवाना र कैद सजाय भुक्तान गराउन कारागार पठाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय