न्याय माग्ने मिटरब्याज पीडितमाथि लाठी चार्ज, ६० जना पक्राउ
सोमबार, भदौ २७, २०७९ मा प्रकाशित

काठमाडौं, भदौ २७ / न्याय खोज्दै काठमाडौं आएका मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेको पीडितले कीर्तिपुरमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीलाई लाठी हान्दै प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनमा सहभागी ५०-६० जना सबैलाई प्रहरीले पक्रेको र त्यसक्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन् । प्रदर्शनमा सहभागी भएका कुलबहादुर थापाको टाउको फुटेको मिटर ब्याज पीडितहरुले बताएका छन् ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर