नेपालमा अमेरिकाको बढ्दो सक्रियताप्रति चीनको चिन्ता
मङ्गलबार, भदौ २८, २०७९ मा प्रकाशित

काठमाडौं, भदौ २८ / नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालमा अमेरिकी सक्रियता बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार नेकपा माओवाादी केन्द्रका शीर्ष नेताहरुसँग भएको भेटमा लीले एमसीसी र एसपीपीबारे चासो राखेका हुन् । ‘नेपालमा बढ्दो अमेरिकी सक्रियताबारे उहाँहरुको चासो थियो,’ भेटमा सहभागी माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘हामीले एमसीसी र एपसीपीमा हामीले खेलेको भूमिकाबारे बतायौं ।’

संघीय संसद भवन नयाँ बानेश्वरमा चिनियाँ टोलीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै नेताहरु वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव हरिबोल गजुरेललगायतका नेताहरुले भेट गरेका थिए । अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय