बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु
सोमबार, असोज ०३, २०७९ मा प्रकाशित

बर्दिया, असोज ३ (फरकसमाचार) / करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका – ९ की ९ वर्षीया खुस्बु धोबी र बारबर्दिया नगरपालिका –८ दूधाका ३३ वर्षीय शनिराम थारुको करेन्ट लागेर मृत्यु भएको हो ।

धोवीलाई घरमै करेन्ट लागेको थियो । उनलाई फलामको ढोकाबाट करेन्ट प्रवाह भई करेन्ट लागेको थियो । त्यस्तै थारुलाई मन्दिर निर्माण गर्ने क्रममा करेन्ट लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराका अनुसार उनीहरू दुबै जनाको उपचारका क्रममा आइतबार बेलुकी मृत्यु भएको थियो ।
बिद्युत प्राधिकरणबाट सप्लाई भएको बिद्युतबाट गुलरिया नगरपालिका–७ चौगुर्जी बस्ने २० बर्षिय करिश्मा धोबि घाईते घाईते भएकि थिईन् ।
खेतमा काम गर्न लागेको अवस्थामा करेन्ट लागेर घाईते भएकि करिश्माको बर्दिया जिल्ला अस्पतालमा उपचारपछि घर फर्किएकी छन् ।

तीन दिन अघि देखि ढलेको पोलमा भएको बिद्युत सप्लाई गर्दा घटना घटेको गुलरिया नगरपालिका–७ का वडा अध्यक्ष मनोज यादवले बताए । ‘बिद्युत प्राधिकरण पटक पटक पोल उठाउँन आग्रह गरेका थियौ’ अध्यक्ष यादवले भने,‘बिद्युत प्राधिकरणको चरम लापरबाहीले गर्दा घटना घट्यो, दुखी छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय