बाढीले भत्काएका संरचना तयार पार्न सिडिओ बास्तोलाको अग्रसरता
मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित

बर्दिया, असोज ४ / शुक्रबार र शनिवार अबिरल बर्षा भएदेखि प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाही, सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगर र राअ प्रमुख प्रज्वल खड्का लगायतका सुरक्षा प्रमुखको दौडधुप बढेको छ ।

बेमौसमि बर्षाले कर्णाली र बबई नदीमा बाढी आउँदा भौतिक पुर्वाधारमा क्षति र बाढीबाट घर परिवार बिस्थापित भएका छन् । कुनै अप्रिय घटना नघटे पनि महत्वपुर्ण ठाउँका पुल र सडकमा क्षति पुराएकाले आवागमन प्रभावित हुने बाढी पछिको निष्र्कष छ ।

दुई दिन लगातार भएको बर्षाले कर्णाली नदिको शाखा नदीमा बाढी आउँदा सडक र पुलमा क्षति पुराएको छ । मधुुवन नगरपालिकाको औरहि खोला अन्र्तगत सुर्यपटुवा जोड्ने झोलङ्गे पुल र डल्ला होमस्टे जोड्ने पक्की पुलको सडक बाढीले बगाएको छ ।

मधुवन नगरपालिकाको झोलङ्गे पुलको आधा भाग बगाउँदा अलपत्र परेको छ । मंसिर ४ गते प्रदेश र संघको चुनावको लागि मिति तोकिएको बेला आवागमन प्रभावित गर्ने गरी बाढीले सडक र पुलमा क्षति पुराउँदा प्रमुख जिल्ला अधिकारी वास्तोला लगायत सुरक्षा समितिलाई पुर्वाधार निर्माण गर्ने विषय टाउँको दुखाई बनेको छ ।

आईतवार सिडिओ वास्तोलाको नेतृत्वमा सुरक्षा समितिको टोली सम्बन्धित सरोकारवाला सरकारी निकायका प्रमुख र जनप्रतिनिधि सहितको टोलीले मधुवन र राजापुर नगरपालिकामा बाढीले क्षति पुराएका क्षेत्रमा अनुगमन गरेको छ । मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाट र प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले प्रजिअको टोली स्थलगत अवलोकन गर्न पुगेका बेला बाढीले पुल र सडकमा क्षति पुराएको बताएका थिए ।

चुनाव नजिकिएसँगै सर्वसाधरण सुरक्षा र आवागमन प्रभावित हुन नदिन सडक डिभिजन प्रमुख निरज शेर्पा र स्थानीयतहको समन्वयमा तत्काल सडक सुचारु गर्न सिडिओ वास्तोलाले निर्देशन दिए । बाढी पछि क्षति अनुगमन क्रममा निस्केका बेला बर्दिया र कैलाली जोड्ने सत्ति घाट पुल बागिंएको राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले सिडिओ वास्तोलालाई जानकारी गराए । त्यसै क्रममा अनुगमनमा निस्केको सुरक्षा प्रमुखको टोलीलाई बाढीबाट विस्थापित परिवारको स्वास्थ्य र खानपिनका लागि दातृ निकाय र राजापुर नगरपालिकाले सहयोग गरिरहेको बताए । कर्णाली नदी नियन्त्रण व्यस्थापनका जिम्मा लिएका आयोजना प्रमुखको वेवास्ताले गर्दा जनधनको क्षति हुने त्रासमा स्थानीय भएको बताएका थिए ।

तर, बर्दिया र कैलाली जोड्ने सत्ति घाटको पुल तर्फ कर्णाली नदीको बाहावले लगातार धकेल्दा सुरक्षाकर्मी र स्थानीयको श्रमदानले जोगिएको भन्दै नगर प्रमुख थारुले सुरक्षाकर्मीको प्रशंशा गरे । सुरक्षाका दृष्टिकोणले सडक र पुल चुस्त र दुरुस्त हुनु पर्ने उल्लेख गर्दे तत्काल संरचना निर्माण गर्न पत्राचार र निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी वास्तोलाले बताए । ‘चुनावको मिति र चाडपर्व पनि नजिकिएको छ,यहि बेलामा बाढीले क्षति पुराएको छ’प्रजिअ वास्तोलाले भने,‘भौतिक संरचनाको संरक्षण र सडक आवागमन अवरुद्ध हुन नदिनका लागि प्रयासरत छौ । ’स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय