बर्दियामा ६ कैदीको सजाय मिनाहा
मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित

बर्दिया, असोज ६ (फरकसमाचार) / आठौं संविधान दिवसका अवसरमा बर्दियाका ६ कैदीको कैद सजाय मिनाहा गरिएको छ ।

संविधान दिवसको अवसरमा सोमबार ६ जना कैदीको कैद सजाय मिनाहा गरिएको हो । संविधान दिवसको अवसरमा प्रत्येक वर्ष असल चालचलन भएका कैदीको सजाय मिनाहा गरिन्छ ।

यस पटक ६ जना कैदीको सजाय मिनाहा गरिएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।
आठौं संविधान दिवसका अवसरमा देशभरी ६ सय ८१ कैदीको कैद सजाय मिनाहा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर