छैठौं दिन म्यादीमा आवेदन बुझाउनेको संख्या ३११३ पुग्यो
बुधबार, असोज ०५, २०७९ मा प्रकाशित

बर्दिया, असोज ५ (फरकसमाचार) / छैठौं दिनमा म्यादी प्रहरीको लागि आवेदन बुझाउनेको संख्या ३ हजार १ सय १३ पुगेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना प्रक्रियाको छैठौं दिन मंगलबारसम्म ३ हजार १ सय १३ जनाले म्यादीमा आवेदन बुझाएका हुन् ।

म्यादी प्रहरी भर्नाको लागि गत बिहीबार देखी सुरु भएको आवेदन बुझाउने अवधि बिहीबारसम्म चल्ने छ । पछिल्लो समय बेरोजगारीको मारमा परेका युवाहरुको लागि म्यादी प्रहरी आकर्षण बनेको छ । घरमा खाली बसेका युवा, बैदेशिक रोजगारबाट फर्किएका र भुपु सैनिक प्रहरीको म्यादी प्रहरी प्रति आकर्षण बढेको छ ।
मंगलबार साँझ ५ बजेसम्म ३ हजार १ सय १३ जनाले म्यादी प्रहरीको लागि आवेदन दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

असोज ७ गते सम्पर्क मिति तोकिएको छ । असोज ९ गते देखि १४ गतेसम्म छनौट गर्ने, असोज २५ गते म्यादी प्रहरीमा छनौट भएका नाम सार्वजनिक गर्ने र अन्तिममा छनौट भएका म्यादी प्रहरीलाई असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिने योजना जिल्ला प्रहरी कार्यालयले बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय