एमालेबाट उद्योगी खड्का सम्भावित उम्मेदवार
बुधबार, असोज ०५, २०७९ मा प्रकाशित

बर्दिया, असोज ५ (फरकसमाचार) / एमालेले प्रदेश सभा सदस्यको सम्भावित उम्मेदवारमा उद्योगी अशोक खड्कालाई सिफारिस गरेको छ । गुलरियामा उद्योग संचालन गरिरहका खड्कालाई प्रदेश सभा उम्मेदवार सम्भावित उम्मेदवार रुपमा एमालेले सिफारिस गरेको हो ।

दुवईमा लामो समय व्यबसाय गरेका खड्का पाँच बर्ष अघि उद्योग स्थापना गरी गुलरिया व्यबसाय गरिरहेका छन् । यूवा उद्यमीका रुपमा उदाएका खड्का उद्योग गुलरिया वाणिज्य संघका महासचिवमा निर्वाचित उम्मेदवार हुन । यतिबेला अर्को संस्था उद्योगीको छाता संगठनको केन्द्रिय सदस्यको जिम्मेवारीमा कार्यभार सम्हालेका छन् । व्यबसाय गर्ने क्रममा दुबईमा लामो समय विताएका खड्काले गुलरियामा जुस उत्पादन गरेर देश भरिमा माग अनुसार आपुर्ती गर्दै आएका छन् । व्यबसायी र उद्योगीको हकहित संरक्षणका लागि निति निर्माण तहमा पुग्नको लागि राजनितिको बाटो अवलम्बन गरेको खड्काको भनाई छ ।

निति निर्माण तहमा बिभिन्न कठिनाईका कारण युवाहरुलाई बैदेशिक रोजगारीको बाटो बाहेकको अर्को बिकल्प नरहेकोमा उनले दुःख व्यक्त गरे । ‘पढाई र रोजगारीको चक्करमा युवा पिडिले बिदेशको बाटो रोज्न परेको छ,’उनले भने,‘देश निर्माणका लागि हामीले पठाएका नेतालाई मतलब नहुदा दुःख पाईरहेका छौ ।’

उद्योग धन्धा फस्टाउँन, देश समृद्धि तर्फ उन्मुख हुन र युवा स्वरोजगार उन्मुख हुनको लागि निति निर्माण तहमा पुग्न राजनितिकमा अघि बढेको उनले तर्क गरे । ‘मैले व्यबसाय गर्दा कानुनी उल्झनले व्यबहारिक कठिनाई भएको पाए,’उनले भने,‘यस्ता कठिनाईसँग जुधेर सहज बनाउँनका लागि राजनितिकको बाटो रोज्न पर्यो ।’

राजनितिलाई कमाउँ धँन्धाको रुपमा लिदा आम सर्वसाधरणको जिवन स्तर उस्कन नसकेको उनको जिकिर छ । सांसद भए, मन्त्री भए,आफ्नै लागि गरे युवा पलायनको दर बढ्दो भएकोमा उनले दुःख व्यक्त गरे । बर्दिया निर्वाचन क्षेत्र १ (ख) बाट भक्त बहादुर विक, अशोक खड्का, विष्णु भट्राई, रुद्र अधिकारीलाई एमालले सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नं १ (क) बाट शालिकराम अधिकारी र हरि अधिकारीलाई प्रदेश सभाको लागि बाट सिफारिस गरेको छ । जिल्लाकै सिफारिसमा एमालेबाट उद्योगी खड्का एक्ला मध्यमा पर्छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय