बर्दियामा लागु औषधसहित दुई पक्राउ
बुधबार, असोज ०५, २०७९ मा प्रकाशित

बर्दिया, असोज ५ (फरकसमाचार) / लागु औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–८ कण्ठपुर स्थित सडक बाटोबाट बुधबार प्रहरीले लागु औषधसहित दुई जनालाई प्रक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–६ का ४२ वर्षिय हेमराज गिरी र वडा नंम्बर ५ का ३७ वर्षिय सफल ज्ञवाली रहेका छन् ।

पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले चेकजाँचका क्रममा दुई वटा प्लाष्टिकको पुरियामा रहेको ६ सय १० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारेको छ । साथै भे ११ प ४२७८ नंम्बरको मोटरसाईकलसमेत प्रहरीले बरामद गरेको छ ।

लागु औषध कारोबार भईरहेको विषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई बुधबार बिहान नियन्त्रणमा लिएको हो । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय