बर्दियामा ४५८१ जनाले बुझाए म्यादीमा आवेदन
शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित

बर्दिया, असोज ७ (फरकसमाचार) / म्यादी प्रहरी भर्नाको लागि ४ हजार ५ सय ८१ जनाले जिल्ला प्रहरी कार्यालयमा आवेदन बुझाएका छन् । आगामी प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीमा बिहीबारसम्म ५ हजार ५ सय ८१ जनाले आवेदन दर्ता गराएका हुन् ।

बिहीबार साँझ ५ बजेसम्म ४ हजार ५ सय ८१ जनाले म्यादी प्रहरीको लागि आवेदन दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मत बहादुर बोहराले बताए । बर्दिया जिल्लाको लागि कति म्यादी प्रहरी भर्ना गर्ने माथिबाट जानकारी नआएको डिएसपी बोहराले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले प्रकाशन गरेको सुचना अनुसार आज शुक्रबार सम्पर्क मिति तोकिएको छ । असोज ९ गते देखि १४ गतेसम्म छनौट हुनेछ । असोज २५ गते म्यादी प्रहरीमा छनौट भएकाको नाम सार्वजनिक गर्ने र छनौट भएका म्यादी प्रहरीलाई असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिने योजना जिल्ला प्रहरी कार्यालयले बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय