अबैध सालको काठ बरामद
आइतबार, असोज ०९, २०७९ मा प्रकाशित

बर्दिया, असोज ९ (फरकसमाचार) / अबैध रुपमा खाडलमा राखिएको अवस्थामा सालको गोलिया काठ प्रहरीले बरामद गरेको छ ।

गुलरिया नगरपालिका–१ स्थित नेपाल भारत सिमा नजिक रहेको नर्सरी वनबाट प्रहरीले शुक्रबार काठ बरामद गरेको हो । नर्सरी वनमा लुकाई छिपाई खाडलमा राखिएको अवस्थामा ८ थान सालको गोलिया ७२ क्युफिट अबैध काठ प्रहरीले बरामद गरेको छ ।

बरामद सालको गोलिया काठ प्रहरीले आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय बर्दियामा बुझाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मद बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय