बर्दिया, असोज ९ (फरकसमाचार)/ सालको काठ अनियमित कटान मुछान ओसार पसार कसुरमा फरार रहेको प्रतिवादीलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका–११ बस्ने रतिराम थारुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
अदालतले थारुलाई ०७० साल जेठ २७ गते साल काठ अनियमित कटान तथा मुछान ओसार पसार मुद्दामा ५ महिना ५ दिन कैद सजाय तोकेको थियो । अदालतले सजाय तोकेको दिन देखि थारु फरार रहेका थिए ।
आफ्नै घर वतनमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले थारुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले थारुलाई नियन्त्रणमा लिई अदालतमा उपस्थिती गरार्य सजाय भुक्तानको लागि कारागार चलान गरेको प्रहरीले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख छ ।