विजया दशमीको अवसरमा रामलिलाको आयोजना
आइतबार, असोज ०९, २०७९ मा प्रकाशित

बर्दिया, असोज ९ (फरकसमाचार) /विजया दशमीको अवसरमा गुलरिया नगरपालिका–७ बसपार्क नजिक रहेको आँप बगैंचामा रामलिला आयोजना गरिएको आयोजक समितिले जनाएको छ । घस्टथापनाको दिन सोमबार देखि विजया दशमीसम्म रामलिला चल्नेछ ।

प्रत्येक वर्ष जस्तै यस वर्ष पनि विजया दशमीको अवसरमा ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलिलामा आयोजना गरिएको रामलिला व्यवस्थापन समितिका अध्यक्ष अभिनन्दन यावदले बताए ।

‘साँझ ७ बजेदेखि राति १२ बजेसम्म रामलिला संचालन हुनेछ’ रामलिला व्यवस्थापन समितिका अध्यक्ष यादवले भने,‘असोज १० गते सुरु भएको रामलिला असोज १९ गते समापन हुनेछ ।’ भारतको आयोध्याबाट आएका प्रसिद्ध कलाकारले मञ्चमा रामलिला प्रस्तुत गर्ने अध्यक्ष यादवले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय