क्रिकेट क्लवलाई अध्यक्ष यादवले गरे गेम सुट हस्तान्तरण
सोमबार, असोज १०, २०७९ मा प्रकाशित

बर्दिया, असोज १० (फरकसमाचार) / गुलरिया नगरपालिका–७ का वडा अध्यक्ष मनोज कुमार यादवले राईजिङ स्टार क्रिकेट क्लवलाई गेम सुट हस्तान्तरण गरेका छन् । गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादव र वडा नंम्बर ७ का वडा अध्यक्ष मनोज कुमार यादवले आइतबार क्लवका खेलाडीलाई गेम सुट हस्तान्तरण गरेका हुन् ।

क्रिकेट क्लवका खेलाडी युवाहरुको हौसला बढाउने उदेश्यले आफ्नो व्यक्तिगत लगानीमा गेम सुट हस्तान्तरण गरेको वडा अध्यक्ष यादवले बताए । ‘गेम सुटले खेलाडी युवाहरुमा थप हौसला बढ्नेछ’ वडा अध्यक्ष यादवले भने, ‘खेलप्रति रुचि राखी अघि बढिरहेका युवाहरुलाई मेरो सधैं साथ र सहयोग रहनेछ ।’ राईजिङ स्टार क्रिकेट क्लवका क्यापटेन अरमान तेलीलाई नगर प्रमुख र वडा अध्यक्ष द्धयले गेम सुट हस्तान्तरण गर्दै टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा राम्रो खेल्न र जित प्राप्तीको शुभकामनासमेत दिए ।

मंगलबार देखि गुलरिया नगरपालिका–३ कृष्णसार खेल मैदानमा हुने टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा राईजिङ स्टार क्रिकेट क्लवले भाग लिएको क्यापटेन तेलीले बताए । ‘आफ्नो व्यक्तिगत तर्फबाट वडा नंम्बर ७ का अध्यक्ष यादवले हामीलाई गेम सुट उपलब्ध गराउनु भयो’ क्यापटेन तेलीले भने,‘उहाँको सहयोगले हामी धेरै खुसी भएका छौं ।’ म लगायत राईजिङ स्टार क्लवका सम्पुर्ण खेलाडी खुसी भएका छन् ।

खेल प्रेमी वडा अध्यक्ष यादवको सहयोगले हामीलाई झन् उत्साहित बनाएको राईजिङ स्टार क्रिकेट क्लवका क्यापटेन तेलीले सुनाए । वडा अध्यक्ष यादवले क्लवका १५ खेलाडीलाई गेम सुट उपलब्ध गराएको क्यापटेन तेलीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर