एकैदिन डेंगुबाट १ हजार ५१ जना संक्रमित, मृत्यु हुनेको संख्या ३२ पुग्‍यो
सोमबार, असोज १०, २०७९ मा प्रकाशित

काठमाडौं, असोज १० / पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार ५१ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो ।अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ ।

मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१० मा डेंगु संक्रमण भएको छ । त्यसैगरी लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ ।

नेपालमा एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए । हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ । संक्रमितको संख्या दिनदिनै बढिरहेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय