सात वर्षपछि कर्तव्य ज्यान मुद्दाका कसुरदार पक्राउ
सोमबार, असोज १०, २०७९ मा प्रकाशित

बर्दिया, असोज १० (फरकसमाचार) / धारिलो हतियारको प्रयोग गरी हत्या गरी फरार रहेका व्यक्तिलाई प्रहरी सात वर्षपछि पक्राउ गरेको छ । गेरुवा गाउँपालिका–४ बस्ने ३७ वर्षिय श्याम बिसी भन्ने टिकाराम बुढाक्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

०७२ साल साउन १६ गते गेरुवा गाउँपालिका–४ बस्ने गंगाधर चालिसेको धारिलो हतियार प्रहार गरी बुढाक्षेत्रीले ज्यान लिएका थिए । हत्या गरी बुढाक्षेत्री सोही दिन देखि फरार भएका थिए । बढाक्षेत्री आफ्नै टोलमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले बुढाक्षेत्रीलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय