असोज ११ / विभिन्‍न कार्यक" />
विश्व पर्यटन दिवस : गृहमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत
मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित

रुपन्देही,असोज ११ / विभिन्‍न कार्यक्रम गरी आज ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । सोही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरी र पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन् ।

क्यानाडा, इजरायल, चीन र दिल्लीबाट आएका ५ पर्यटकलाई स्वागत गरिएको हो ।

यता ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी गरेको छ । काठमाडौंको त्रिदेवी मार्ग हुँदै क्षेत्रपार्टी, सोह्रखुट्टे लैनचौर हुँदै पुनः त्रिदेवीमार्गमा आएर समापन भएको हो । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय