दशैंको पहिलो दिनमै १३ मोटरसाइकल बिक्री
बुधबार, असोज १२, २०७९ मा प्रकाशित

बर्दिया, असोज १२ (फरकसमाचार) / बिजया दशमीको सुरु दिनमै बजाज सोरुमले १३ वटा मोटरसाइकल बिक्री गरेको छ । बजाजले दशैं, तिहार र छट पर्वको अवसरमा विशेष छुट ल्याउँदा एकै दिनमा १३ वटा मोटरसाइकल बिक्री गरेको हो । बिजया दशमी तथा तिहारलाई मध्यनजर गरी बजाजको जुनसुकै मोटरसाइकल किन्दा नगद सात हजार छुटको व्यवस्था छ । त्यसैगरी आधाको आधा अफर जारी छ ।

दशैंको सुरुवातको दिनमा बजाज सोरुमले १३ वटा मोटरसाइकल बिक्री गर्न सफल भएको ग्लोबल अटोमोटिभ्स् प्रालिका संचालक चन्द्रदीप जोशीले बताए । ‘बजाजले दशैं, तिहारको अवसरमा विषेश अफर ल्याएको छ’ संचालक जोशीले भने,‘अहिले बजाजका विभिन्न मोडेलका मोटरसाइकल धमाधम बिक्री भईरहेको छ ।’

गुलरियाको एउटै ठाउँमा बजाजका विभिन्न मोडेलका मोटरसाईकल लगायत सबै सामान र अटोरिक्सासमेत उपलब्ध छ । किन्दा सस्तो, बलियो र मर्मत गर्दा पनि सहज हुने भएकोले बजाज सोरुम उपभोक्ताको रोजाईमा परेको संचालक जोशीको भनाई छ । बजाजले तत्कालै पल्सर एनएस १२५, पल्सर एन १६० र पल्सर एन २५० बिएस ६ सिरिजमा लन्च गरेको संचालक जोशीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर