अनुगमन टोलीले दुई दिनमा ग¥र्यो २० व्यवसायीलाई कारवाही
बिहिबार, असोज १३, २०७९ मा प्रकाशित

बर्दिया, असोज १३ (फरकसमाचार) / बजार अनुगमन टोलीले ठाकुरबाबा, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिका अन्तर्गतका २० व्यवसायीलाई कारवाही गरेको छ । मापदण्ड बिपरीत व्यवसाय संचालन गरेका व्यवसायीलाई अनुगमन टोलीले जरिवाना र म्याद गुज्रिएका सामान नष्ट गरि कारवाही गरेको हो । ठाकुरबाबा नगरपालिका र बाँसगढी नगरपालिका अन्तर्गतका २१ वटा व्यवसायमा अनुगमन टोलीले अनुगमन गर्दा आठ व्यवसायी मंगलबार कारवाहीमा परेका छन् । त्यसैगरी बढैयाताल गाउँपालिका अन्तर्गतका १२ वटा व्यवसायी बुधबार कारवाहीमा परेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयको नेतृत्वमा गएको अनुगमन टोलीले मंगलबार आठ र बुधबार १२ व्यवसायीलाई कारवाही गरेको छ ।
मासु पसल, होटल, किराना पसल तथा गोदामहरु र मदिरा पसलको अनुगमन गरिएको छ । मंगलबार एउटा क्याफे, होटल एण्ड लज तीन, एउटा सपिङ्ग सेन्टर र एउटा किराना स्टोर गरी छ वटा व्यवसायीलाई रु १९ हजार जरिवाना गरिएको छ । त्यसैगरी दुई पसलबाट रु ७ हजार ४ सय ४० बराबरको म्याद गुज्रिएको सामान जफत गरी नष्ट गरिएको छ । बुधबार बढैयाताल अन्तर्गतका १२ वटा पसलमा अनुगमन गर्दा रु २१ हजार ३ सय बराबरको म्याद गुज्रिएको सामान जफत गरी नष्ट गरिएको छ ।

अनुगमन टोलीले सबैले देख्ने स्थानमा मुल्य सुची राख्न, म्याद गुज्रिएका सामान बिक्री नगर्न, बिल बिजक दुरुस्त राख्न, बासी खाना होटलबाट हटाउन, अनुज्ञा पत्र लिन र सरसफाईमा ध्यान दिन लगायत एक हप्ता भित्र पसल सुधार गर्न सचेत गराईएको सहायक प्रजिअ पाण्डेयले बताए ।

सहायक प्रजिअ पाण्डेयको नेतृत्वको अनुगमन टोलीमा उपभोक्ता संरक्षण कार्यालय नेपालगंज, सम्बन्धित स्थानीय तह, एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी, संचारकर्मी, राष्ट्रिय उपभोक्ता मञ्च र उद्योग वाणिज्य संघका प्रतिनिधिसहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय