बोत्तल प्रहार गरी छोराको विभत्स हत्या गर्ने बुवा पक्राउ
शुक्रबार, असोज १४, २०७९ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, असोज १४ (फरकसमाचार) / बियरको बोत्तल प्रहार गरी आफ्नै छोराको विभत्स हत्या गर्ने बुवालाई प्रहरीले पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका–बिजयनगरका ४५ वर्षिय लौरंगलाल थारुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

बुवा छोरा बिच झगडा हुँदा बुवाले फुटेको बियरको बोत्तलले छोराको पेटमा प्रहार गरेका थिए । लौरंगलाल थारुले बुधबार राति आफ्नै २० वर्षिय छोरा बिबेक चौधरीको पेटमा फुटेको बियरको बोत्तल प्रहार गरी गम्भिर घाईते बनाएका थिए । गम्भिर घाईते भएका बिवेकलाई उपचारको लागि बर्दिया अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको थियो । छोराको पेटमा बोत्तल प्रहार गरी बुवा लौरंगलाल फरार भएका थिए ।

खोजतलास गर्ने क्रममा गुलरिया नगरपालिका–११ ईन्द्रपुर स्थित गाउँघरमा लुकिछिपी हिडिरहेको अवस्थामा प्रहरीले लौरंगलाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर