मापदण्ड विपरीत पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल बबई नदीले बगायो
आइतबार, असोज २३, २०७९ मा प्रकाशित

बर्दिया, असोज २३ / दुई साता अघि बबई नदीमा आएको बाढीले मधुवन नगरपालिकाको पत्थरवोजी हुदै बर्दिया निकुन्जको मुख्यालय आवागमन गर्ने झोलेङ्गे पुल बगायो। यस्तै गरि सोहि दिन मधुवन नगरपालिकामा पर्ने अमरपुरको पक्की पुल बाढीले क्षति ग्रस्त बनाएको छ। बबई नदीमा पानीको सतह बढ्ने बिक्तिकै मापदण्ड विपरीत निर्माण भएका पुल धमाधम भत्किने गरेको पाईएको छ। यसअघि कुसुम्बाघाटमा निर्माण भएको झोलेङ्गे पुल बगाईसकेको छ। लामो समयपछि नया झोलेङ्गे पुल कुसुम्बाघाटमा निर्माण भएको छ।

सदरमुकाम गुलरिया हँुदै उत्तरतर्फ  पुर्व पश्चिम राजमार्ग जोड्ने जब्दीघाट पुलको स्लाप,स्पर र पिलर सहित शनिबार बबई नदीमा आएको बगाएको छ। ०७१ सालमा बबई नदीमा आएको बाढीले उक्त पुललाई क्षति पुर्‍याएको छ। क्षति पुर्‍याएपछि हलुका सवारी साधानको आवागमन भएपनि पुल भाँच्चिएको अवस्थामा थियो। पुल निर्माणको चरणमा तत्कालिन प्रजिअ विनोद कुवरले कमसल खालको पुल धराप बन्ने जोखिमको आशंका गरेका थिए। निर्माण मै त्रुटि रहेकाले सुधार गर्नुपर्ने भन्दै सक्दो प्रयास पनि गरे।

जिल्ला स्थित राजनीतिक दल,स्थानीय र संचारकर्मीलाई अनुगमन गराएर पुल निर्माणकै क्रममा  त्रुटि रहेका पुष्टि गरे। प्रशासनले टेन्डर आव्ह्वान गर्ने निकाय हुलाकी सडकलाई पटक पटक लिखित र मौखिक रुपमा पटक पटक त्रुटि सुधार गर्न अनुरोध पनि गर्‍र्योे। निर्माणको क्रममा त्रुटि रहेको पुल गुणस्तरमा सुधार गर्न जिल्लास्थित राजनिति दल र  प्रजिअ कुवरलाई अथक प्रयास केन्द्रिय पहुचमा रहेका निर्माण कम्पनि अघि निरिह बने।

सर्तकता केन्द्रको प्राविधिक टोलीले त्यहा प्रयोग भएको सिमेन्ट ईस्टिमेटमा भन्दा फरक भएको सार्वजनिक कार्यक्रम जानकारी गराएको थियो। बन्दा बन्दै  बांगो देखिने पिलर सुधार नगरिकनै वेरोकटोक पुल बन्यो। प्रजिअ कुवरको सरुवा पनि भयो। पुल पनि बन्यो,त्यसमा आवागमन हुन थाल्यो।

शनिवार बगाएको जब्दी घाटको पुलको लागत १६ करोड हो। ४ सय २५ मिटर लामो पुल उद्घाटन भएको  एक वर्ष मै क्षति ग्रस्त हुन पुगेको हो। मापदण्ड विपरीत बनेको पुललाई अन्तत बाढीले बगायो। पुल बाँध बन्दा पश्चिमतर्फ बाढीले क्षति पुर्‍याएको स्थानीयको भनाइ छ। ‘पुलमा पानी आएर टालियो’, बेचैपुरका धनिराम रावलले भने’, ‘पुल बाध बन्दा नदी तटिय क्षेत्रमा जलमग्न भयोे।’

पुल भत्किएपनि सर्वसाधरण सदरमुकाम गुलरियाको काम काज सकेर साझ घर सजिलो माध्यम बनेको स्थानीय राम बहादुर चौधरीले बताए। बबईमा आएको  बाढीले झोलेगें पुल बगाउँदा स्थानीय पुरानै अवस्थामा फर्किएका छन्।फेरि पनि, सर्वसाधरण डुँगामा जोखिमयात्रा गर्न बाध्यतामा पुगेका छन्।

जिल्ला प्रशासनले आवागमन गर्न गराउन सम्बन्धित निकायलाई जानकारी गराएको छ। पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुलको गुणस्तरमा खोट लगाएर अख्तियार अनुसन्धान आयोगमा मुद्दा दर्ता भएको छ। पप्पु कन्स्ट्रक्सनको लापरबाहीले गर्दा बाढीले पुल भत्काएको स्थानीयको आरोप छ। पूर्वपश्चिम राजमार्ग जोड्ने उक्त पुल भासिएपछि यातायात प्रभावित छ। ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालयका तत्कालीन कर्मचारीको मिलेमतोमा स्थानीय प्रशासनको निर्देशन अटेर गर्दै पुल निर्माण गरिएको उल्लेख गरेर अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको छ। आयोगले स्थलगत अनुगमन गरेर निर्माण कम्पनी विरुद्ध उजुरी दर्ता गरेको छ।

‘देशमा धेरै ठूलो विकास भएको जस्तो लाग्थ्यो पुल देख्दा,’एक स्थानीयले  भने‘ पुल देख्नलाई मात्र भयो,अब अबशेष मात्र बाँकी छ।’ करिब करिब जिल्लाको सवै गाबिससँग जोड्ने पुल बगाएपनि यसको विकल्प खोज्नको लामो समय देखि पहल हुन नसकेकोमा स्थानीय आक्रोशित छन्।स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर