असोज २३ / राप्रपा नेतृ रेखा थाप" />
रेखा थापाद्वारा मोरङ–३ बाट उम्मेदवारी दर्ता
आइतबार, असोज २३, २०७९ मा प्रकाशित

मोरङ,असोज २३ / राप्रपा नेतृ रेखा थापाले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् । यो क्षत्रबाट गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता सुनिल शर्मा र नेकपा एमालेको तर्फबाट भानुभक्त ढकालले उम्मेदवारी दिने तयारी गरेका छन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यहाँबाट एमाले नेता ढकाल निर्वाचित भएका थिए । एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका उम्मेदवार ढकालले ४२ हजार ४१३ मत प्राप्त गरेर निर्वाचित भएका थिए भने कांग्रेसका सुनील शर्माले ४० हजार ५०६ मत प्राप्त गरेर दोस्रो भएका थिए ।

यो क्षेत्रमा राप्रपाका कमलबहादुर गुरुङले २६८ मतमात्र पाएर आठौं नम्बरमा रहेका थिए । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर