प्रधानमन्त्री देउवाको मनोनयन दर्ता गराउँदै आरजुले दोहोर्‍याइन् फ्रि-भिसा, टिकटको लोभ
आइतबार, असोज २३, २०७९ मा प्रकाशित

डडेलधुरा, असोज २३ / प्रधानमन्त्री शेरबहादुर देउवाको मनोनयत दर्ता गराउन डडेलधुरा पुगेकी आरजु देउवा राणाले फ्रि–भिसा, फ्रि–टिकटको कुरा दोहोर्‍याएकी छन् ।

स्थानीय तहको चुनावमा पनि उनले आफ्नो पार्टीका उम्मेद्वारलाई चुनाव जिताए फ्रि–भिसा, फ्रि–टिकटमा विदेश पठाउने लोभ देखाएकी थिइन् । यही विषयमा उनलाई निर्वाचन आयोगले स्पष्टिकरण समेत सोधेको थियो ।

डडेलधुरामा आफ्नो पार्टी र आफूसम्बद्ध गैरसरकारी संस्था (एनजीओ) ले महिला सशक्तिकरणको क्षेत्रमा काम गरेको बताउँदै उनले भनिन्, ‘युवाको रोजगारीमा अस्ति पनि ४ सयभन्दा बढी फ्रि–भिसा, टिकटमा पठायौं, यस्तो स्कीम यहाँ फेरि पनि कसरी ल्याउने भन्ने काम गर्छौं ।’

प्रधानमन्त्री देउवाको मनोनयन दर्ता गराउँदै डडेल्धुरालाई पर्यटकीय क्षेत्र बनाउने र आधुनिक सहर बनाउने पनि उनले वाचा गरिन् । अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय